You are viewing the translated version of पर्वतारोही दलको नेताः.
Rule 22A
पर्वतारोही दलको नेताः
(१) नियम २ बमोजिम
पर्वतारोहणको अनुमतिको लागि दरखास्त दिँदाका
बखत पर्वतारोही दलले त्यसका सदस्यमध्येबाट एक
जना पर्वतारोही दलको. नेताको नाम प्रस्ताव गर्नु
पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित ट्रेकिङ्ग एजेन्सी वा पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाको सिफारिसमा सरदारले देहायको अवस्थामा पर्वतारोही दलको नेताको रुपमा काम गर्न सक्नेछः-
(क) पर्वतारोही दलको नेता बेपत्ता भएमा,
(ख) पर्वतारोही दलको नेता गम्भीर रुपमा अशक्त भई पर्वतारोहण गर्न वा नियम २३ बमोजिमको दायित्व र जिम्मेवारी पूरा गर्न नसक्ने भएमा,
(ग) पर्वतारोही दलको नेताले पर्वतारोहण परित्याग गरेमा,
(घ) पर्वतारोही दलको नेताको: मृत्यु भएमा ।
(३) उपनियम (२) बमोजिम सरदारलाई पर्वतारोही दलको नेता तोकिएको: अवस्थामा नियम २३ को खण्ड (ख) बमोजिमको दायित्व पूरा गर्न त्यस्तो नेता व्यक्तिगत रुपमा जिम्मेवार हुने छैन र पर्वतारोही दलको नेताले ऐन तथा यस नियमावली बमोजिम कुनै छुट वा सुविधा पाउने रहेछ भने त्यस्तो छुट वा सुविधा समेत पाउने छैन।